वीरगन्ज :

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहित ९३ विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु

श्रेणी : प्रदेश

11 hours
Pradeep Sah
1.7kViews
1547 Shares

काठमाडौं,१५ चैत । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा विचाराधीन छ। यस प्रकरणमा नेपालसहित कुल ९३ जनालाई प्रतिवादी बनाइएको छ।

अख्तियारले माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै सजाय माग गरेको छ। तत्कालीन प्रधानमन्त्रीका रूपमा उनले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक जग्गा निजी तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप लगाइएको छ।

अभियोगपत्रअनुसार २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिइएको थियो। साथै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत अतिरिक्त जग्गा बिक्री तथा सट्टापट्टाको अनुमति दिएको दाबी गरिएको छ।

कुल ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा हिनामिना भएको भन्दै मुद्दा दायर गरिएको हो। यस प्रकरणले उच्च राजनीतिक तहमा भ्रष्टाचारसम्बन्धी बहसलाई पुनः तीव्र बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *