वीरगन्ज :

रवि लामिछानेको मुद्दा सुनुवाइ बिहीबारका लागि तोकियो

श्रेणी : प्रदेश

3 hours
Pradeep Sah
3.0kViews
1194 Shares

काठमाडौँ,११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले मंगलबार पनि सुनुवाइ पूरा नगरी ‘हेर्दाहेर्दै’मा राखेको छ।

सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमाथि सोमबारदेखि सुनुवाइ हुँदै आएको हो। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा भइरहेको सुनुवाइ अब चैत १२ गते (बिहीबार)का लागि तोकिएको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगीसम्बन्धी मुद्दामा मात्र अभियोग कायम गर्ने र अन्य दुई गम्भीर मुद्दा (सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण) हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

सोही निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

महान्यायाधिवक्ताको पुस ३० गतेको निर्णयपछि उत्पन्न विवादको विषयमा अहिले सर्वोच्च अदालतमा कानुनी बहस जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *