वीरगन्ज :

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण चैत १२ गते तय

श्रेणी : BANNER

4 hours
Pradeep Sah
3.0kViews
1856 Shares

काठमाडौं,०५ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आगामी चैत १२ गते दिउँसो दुई बजे हुने भएको छ। संघीय संसद सचिवालयले बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गरी शपथ ग्रहणको तयारी पूरा गरेको जनाएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, शपथ ग्रहण अघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको पहिचान गरिनेछ र उनी राष्ट्रपतिसँग शपथ ग्रहण गर्नेछन्। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउने व्यवस्था हुनेछ।

नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमका लागि पनि दलहरूसँग राय लिइएको छ। प्रवक्ता गिरीका अनुसार, कार्यक्रममा केवल सैद्धान्तिक पक्षमा मात्र केन्द्रित नभइ व्यवहारिक पक्षलाई प्राथमिकता दिइने सुझावहरू आएका छन्।

संसदीय दलको कार्यालय व्यवस्थापनसम्बन्धी छलफलमा पनि चुनौतीपूर्ण विषयहरू उठेको थियो। ठूलो संख्या भएका दलहरूको व्यवस्थापनका लागि उपलब्ध कार्यालयको आधारमा व्यवस्था गरिएको छ। विशेषगरी, रास्वपा पार्टीका सदस्यहरूको कार्यालय व्यवस्थापन नेकपा पार्टीको कार्यालयमा गरिएको छ।

संघीय संसद सचिवालयले नयाँ सांसदहरूको शपथ ग्रहण र अभिमुखीकरण कार्य सहज र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै तयारी पूरा गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *