वीरगन्ज :

वीरगञ्जमा यात्रुवाहक बसबाट ठूलो परिमाणमा अवैध औषधि बरामद

श्रेणी : अपराध

4 hours
Pradeep Sah
2.2kViews
1046 Shares

बीरगन्ज,०४ चैत । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म वीरगञ्जले यात्रुवाहक बसमा भारी परिमाणमा अवैध औषधिहरू बरामद गरेको छ। प्रहरीका अनुसार बरामद औषधिहरूको अनुमानित मूल्य ६२६,००० रुपैयाँ छ।

गएको राती, मोबाइल गस्ती टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक निरज थापाले गर्दै बीरगञ्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा यात्रुवाहक बसको चेकजाँच गर्दा बिलविजक नभएका सिल्डिनाफिल ट्याब्लेट २,१०१, प्रेगआउट किट २६७, र एरोसल स्प्रे १२५ वटा बरामद भएको छ। यी औषधिहरू यौनवर्धक र गर्भनिरोधकका रूपमा प्रयोग हुने बताइएको छ।

बरामद औषधिहरू आवश्यक कानुनी प्रक्रियाका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। गुल्मका गुल्मपति, डिएसपी विकास अधिकारीले सार्वजनिक गर्दै अवैध औषधि नियन्त्रणमा सशस्त्र प्रहरी बलको सक्रिय भूमिका रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *