वीरगन्ज :

पर्सामा घरेलु हिंसा बढ्दो, वीरगञ्जमा सबैभन्दा धेरै घटना

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.7kViews
1157 Shares

बीरगन्ज,०४ चैत । पर्सा जिल्लामा फागुन महिनामा घरेलु हिंसाका घटनाहरू उल्लेख्य रूपमा बढेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभर कुल ४८ घरेलु हिंसाका घटना दर्ता भएका छन्।

सबैभन्दा बढी घटना बीरगन्ज  महानगरपालिकामा ३९ दर्ता भएका छन्। बाँकी घटनाहरू विन्दवासिनी गाउँपालिकामा २ र केही अन्य पालिकामा एक–एक मात्र उजुरी परेका छन्। पोखरिया, ठोरी, धोबनी, पटेर्वासुगौली र जिराभवानी गाउँपालिकामा भने फागुन महिनामा कुनै घटना दर्ता भएको छैन।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुदिपराज पाठकले ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा घरेलु हिंसाका घटना बढी देखिएको र प्रहरीप्रति जनताको विश्वास बढेकाले उजुरी दर बढेको बताएका छन्। “पहिले यस्ता घटना हुँदाहुँदै पनि उजुरी कम पर्ने भएकाले तथ्यांकमा संख्या कम देखिन्थ्यो। अहिले पीडितहरूले प्रहरीमा उजुरी दिन थालेका छन्,” उनले बताए।

प्रहरीले घरेलु हिंसाको रोकथामका लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ भने पीडकहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्ने रणनीति अपनाइरहेको छ।

विशेषज्ञका अनुसार बीरगन्ज जस्ता सहरी क्षेत्रमा घरेलु हिंसा बढी देखिनुको कारण सामाजिक दबाब, मानसिक तनाव र आर्थिक चुनौतीसँग जोडिएको छ। यस्ता घटनाको न्यूनीकरणका लागि सामुदायिक सचेतना र स्थानीय तह, प्रहरी र नागरिक समाजबीच समन्वय आवश्यक देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *