काठमाडौँ, ०४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजसम्म बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी दिएका छन्।
पार्टीले आयोजना गरेको नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य दिँदै सभापतिले आगामी मन्त्रिपरिषद् गठनमा अझै निर्णय बाँकी रहेको स्पष्ट पारेका हुन्।
उनले भने, “अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन। हामीले तपाईंहरू सबैलाई चिनेका छौं। बलियो मन्त्रिपरिषद् बनाउने छौं।”
सभापति लामिछानेले नयाँ सरकार गठनको प्रक्रिया पारदर्शी र सर्वपक्षीय सहमतिमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया