वीरगन्ज :

कर्मचारी बढुवामा ‘बन्द प्रतिस्पर्धा’ अस्वीकार्य : अर्थमन्त्री खनाल

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.8kViews
1664 Shares

काठमाडौं,०४ चैत । रामेश्वर खनाल ले कर्मचारीहरूको बढुवा तथा छनोट प्रणालीमा ‘बन्द प्रतिस्पर्धा’ लागू गर्न नसकिने स्पष्ट पारेका छन्।

नागरिक लगानी कोष को ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूको कार्यक्षमता र दक्षता बढाउन मोटिभेसन र उचित कम्पन्सेसन आवश्यक भए पनि प्रतिस्पर्धा सधैं खुला हुनुपर्ने बताए।

खनालले अवकाश कोषमा लाग्ने कर दर समान हुनुपर्ने माग नीतिगत रूपमा उचित भए पनि वर्तमान अन्तरिम सरकारले यस विषयमा निर्णय गर्न नसक्ने स्पष्ट पारे। आफू कामचलाउ सरकारको मन्त्री भएकाले आयकर ऐन संशोधन गर्ने अधिकार नभएको उल्लेख गर्दै उनले यो विषय आगामी अर्थमन्त्रीलाई स्मरण गराउने बताए।

उनले भने, “समान प्रकृतिको आम्दानीमा समान कर दर हुनु उचित हो, तर कर निर्धारण गर्ने अधिकार संसद र जनप्रतिनिधिसँग मात्र हुन्छ। बन्द प्रतिस्पर्धालाई पक्षपोषण गर्नु हुँदैन, प्रतिस्पर्धा सधैं खुला हुनुपर्छ।”

साथै, खनालले नागरिक लगानी कोष ले भविष्यमा अन्य पेन्सन फन्ड व्यवस्थापन कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै संस्था र कर्मचारी दुवैलाई खुला प्रतिस्पर्धाका लागि तयार रहन आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *