वीरगन्ज :

प्रदीप यादवको जित सुनिश्चित गर्न पर्सा–१ मा एमालेको निर्णायक तयारी, पर्सामा एमालेको एकता र सक्रियता देख्दा उम्मेदवारको रूपमा हाम्रो मनोबल झनै बढेको छ,” यादवको भनाई

श्रेणी : मधेस

1 day
Pradeep Sah
2.0kViews
1944 Shares

वीरगन्ज, १४ माघ ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवको जित सुनिश्चित गर्न पार्टी पूर्ण रूपमा मैदानमा उत्रिएको छ । वीरगन्जमा सम्पन्न एमाले वीरगन्ज महानगर कमिटीको चौथो पूर्ण बैठकले आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने स्पष्ट संकेत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका उम्मेदवार यादवले पर्सामा एमालेका नेता–कार्यकर्ताहरू अभूतपूर्व रूपमा एकजुट भएको देख्दा आफू थप उत्साहित र ऊर्जावान बनेको बताए । युवा कार्यकर्ताहरूको सक्रियता र संगठनको मजबुतीले पर्सामा एमालेको विजय यात्राले गति लिएको उनको दाबी थियो ।

“चुनाव जित्ने आधार भनेकै पार्टीका इमानदार र सक्रिय नेता–कार्यकर्ताहरू हुन् । यसपटक पर्सामा एमालेको एकता र सक्रियता देख्दा उम्मेदवारको रूपमा हाम्रो मनोबल झनै बढेको छ,” यादवले भने ।

एमाले वीरगन्ज महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलीको अध्यक्षतामा तथा केन्द्रीय सदस्य एवं पूर्वमेयर विजयकुमार सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा वीरगन्ज महानगर इन्चार्ज विचारी यादवको समेत उपस्थिति रहेको थियो ।

बैठकले निर्वाचनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ५५१ सदस्यीय वीरगन्ज महानगर निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ, जसलाई चुनावी अभियानको मेरुदण्डको रूपमा लिइएको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार र जनआधार मजबुत बनाउने विषयमा गम्भीर छलफल भएको थियो । नेताहरूले आगामी निर्वाचनमा एमालेको जितका लागि सबै तहका कार्यकर्ता घर–घरमा पुगेर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादव, क्षेत्र नम्बर–३ का उम्मेदवार रुपेश पाण्डे लगायत पार्टीका केन्द्रीय, जिल्ला तथा महानगर तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *