वीरगन्ज :

पर्सा- २ बाट रास्वपा उम्मेदवार सुशील साह कानुले गरे पर्सागढीको पारसनाथ बाबा मन्दिरबाट चुनावी अभियानको शुभारम्भ

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.9kViews
1148 Shares

बीरगन्ज,०८ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानुले ऐतिहासिक पर्सागढीमा रहेको पारसनाथ बाबाको मन्दिरमा दर्शन गरेर आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका छन्।

अंग्रेज सेनाविरुद्ध गोर्खालीले विजय हासिल गरेको ऐतिहासिक स्थल पर्सागढीस्थित मन्दिरमा बिहीबार बिहान पूजाआजा गरेपछि कानुले अभियानको औपचारिक सुरुवात गरेका हुन्। मन्दिरमा दर्शनपछि उनी आफ्ना समर्थक तथा शुभेच्छुकसँगै पर्सागढी नगरपालिका–४, ५ र ६ का विभिन्न स्थानमा पुगेर स्थानीय मतदातासँग भेटघाटमा जुटेका थिए।

चुनावी अभियानको सुरुवातबारे सामाजिक सञ्जालमार्फत धारणा राख्दै कानुले नेपालको गौरवशाली इतिहाससँग जोडिएको पर्सागढीबाट अघि बढ्न पाउँदा गर्व महसुस भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “अंग्रेजविरुद्धको युद्धमा नेपाली वीरताले विजय दिलाएको यही भूमि हो। पुर्खाले जोगाइदिएको पहिचान, स्वाभिमान र गरिमालाई पुनः शिखरमा पु¥याउँदै सुरक्षित भविष्य र देशको प्रगतिका लागि रास्वपाको तर्फबाट पर्सा–२ मा अघि बढेको छु।”

इतिहास बदल्ने यात्राको सुरुवात पर्सागढी मन्दिरबाट आशीर्वाद लिएर गर्दा आफू थप ऊर्जाशील र प्रेरित भएको उनले बताए। साथै उनले आफ्नो चुनावी अभियानलाई सफल बनाउन मतदाताहरूको साथ र सहयोग पाउनेमा विश्वास व्यक्त गरे।

पर्सा क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिकाका ३२ मध्ये १३ वटा वडा, पर्सागढी नगरपालिकाका सबै ९ वडा तथा बहुदरमाई नगरपालिकाका वडा नम्बर २, ३, ४ र ६ गरी कूल २६ वटा वडा समेटिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *