वीरगन्ज :

समानुपातिक सूची सच्याउन शेखर समूहको माग

श्रेणी : BANNER

3 years
birgunj report
35Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले समानुपातिकको बन्दसूची सच्याउन पार्टी नेतृत्वसँग माग गर्दै आन्दोलनको घोषणा गरेको छ । नेता डा.शेखर कोइराला नेतृत्वको समूहका नेताहरुको सोमबार बसेको बैठकले समान अवसर र न्यायको माग गर्दै बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने निर्णय गरेको ।

ठमेलको एक होटलमा बसेको बैठकमा सहभागी कांग्रेस नेता भूपेन्द्रजंग शाहीले समानुपातिकको बन्दू सूची बनाउँदा संस्थापन पक्षले मनोमानी गरेकोले आन्दोलनको विकल्प नभएको बताए । उनले आफूहरुले उठाएका एजेण्डामा पार्टी नेतृत्व अनुदार देखिए कठोर निर्णय लिन बाध्य हुने बताए । कोइराला पक्षले शनिबार मात्रै काठमाडौंमा खबरदारीसभा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *