वीरगन्ज :

एमाले ११औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान, ओली–पोखरेलबीच प्रतिस्पर्धा

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
2.7kViews
1114 Shares

काठमाडौं,०१ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार दुवैले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ। एक जना प्रतिनिधिले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन्।

पार्टीको संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये अरुण नेपाल, गोकर्णराज विष्ट, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेललगायत नेताहरू प्रतिस्पर्धामा छन्।

महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार बनेका छन् भने तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ। विभिन्न भूगोल र क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा करिब एक हजारभन्दा बढी उम्मेदवारी परेका छन्। मतदान सम्पन्न भएपछि नतिजा क्रमशः सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *