वीरगन्ज :

दाजुले धारिलो हतियार प्रहार गरी भाइको हत्या

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.1kViews
1556 Shares

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ। मझारेका २८ वर्षीय श्रवणकुमार साहलाई दाजु राजकुमार साहले घरायसी विवादको क्रममा धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए।

बुधबार राति भएको घटनापछि गम्भीर घाइते भएका श्रवणलाई तत्काल विराट टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, उपचारका क्रममा उनको ज्यान गएपछि घटना हत्यामा परिणत भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार घटनास्थल भारतीय सीमाबाट करिब १०० मिटर दूरीमा रहेकोले आक्रमणपछि राजकुमार भारततर्फ फरार भएको अनुमान गरिएको छ। मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाका लागि आवश्यक अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *