श्रेणी : अर्थ
बीरगन्ज,०२ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बीरगन्ज भन्सार कार्यालयले कुल रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ। भन्सार विभागले तोकेको रु ४३ अर्ब ३ करोड लक्ष्यको ९०.९९ प्रतिशत सो अवधिमा पुरा भएको कार्यालयले जनाएको छ।
भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार साउन महिनामा रु १८ अर्ब ४४ करोड र भदौ महिनामा रु २० अर्ब १२ करोड राजस्व संकलन गरिएको हो। जेनजी आन्दोलनका कारण भदौ २४ र २५ गते राजस्व संकलन लगभग ठप्प भए पनि मासिक लक्ष्यको ९३.९७ प्रतिशत पुरा भएको उनको भनाइ छ।
भदौ महिनामा केही दिन उल्लेख्य राजस्व संकलन भएको थियो। भदौ १२ गते मात्र रु २ अर्ब ३७ करोड, भदौ १७ गते रु १ अर्ब ९२ करोड, भदौ २८ गते रु १ अर्ब ७१ करोड र भदौ ३१ गते रु १ अर्ब ११ करोड संकलन गरिएको कार्यालयले जनाएको छ।
तर आन्दोलनकै कारण भदौ २४ मा केवल रु ३ करोड र भदौ २५ मा शून्य राजस्व संकलन भएको थियो। त्यसपछि पनि क्रमशः राजस्व संकलनमा सुधार देखिएको कार्यालयले जनाएको छ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया