वीरगन्ज :

मध्यरात महोत्तरीमा डाकाहरूको आतंक : एकै परिवारका पाँच जना घाइते

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.6kViews
1406 Shares

जनकपुर,३१ भदौ । महोत्तरीको मटिहानी नगरपालिका–५ विसनपुरमा गएराति डकैती हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार मंगल महराको घरमा तीन जनाको समूहमा आएका डाकाहरूले हातहतियार प्रहार गर्दा महरा, उनकी श्रीमती शैली देवी, बुहारी रिंकु महरा र छोरा संजित महरा गम्भीर घाइते भएका छन्। अन्य दुई परिवार सदस्य भने सामान्य घाइते भएका छन्।

घटनामा शैली देवीको टाउको र हातमा चोट पुगेको छ भने संजित महराको टाउकोमा हतियार प्रहार भएको छ। उनीहरूको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डकैतीमा ४० हजार नगद, २ तोला सुन, २० तोला चाँदीसहित करिब ४ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए।

घटना मध्यरातमा भए पनि प्रहरीलाई आज बिहान मात्रै खबर गरिएको र हाल अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *