श्रेणी : BANNER
काठमाडौं,३० भदाै । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहणपछि मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिइरहेका बेला पर्वतका शालिकराम पौडेल नामका व्यक्तिले अचानक प्रवेश गरी आक्रोश व्यक्त गरेका छन्।
पौडेलले मन्त्रीसमक्ष भनाइ राख्दै आरोप लगाए – “७ वटा जिल्लालाई मात्रै बजेट दिइएको छ, हाम्रो गाउँतिर केही छैन।” मन्त्री खनालले “एक छिन ल” भन्दै रोक्न खोजे पनि उनी अझ चर्किए। “हामीले पनि आन्दोलन गरेका हौँ, तपाईं त्यसै मन्त्री भएको हो र? कुरा सुन्नुस् यहाँ,” भन्दै उनले कड्काएका थिए।
स्थिति तन्किएपछि प्रहरीलाई बोलाउनुपरेको थियो। तर मन्त्री खनालले हात मिलाउँदै शालिन तरिकाले सम्बोधन गर्दै नाम सोध्दा पौडेलले आफ्नो परिचय दिँदै “मन्त्रालयमा बदमासहरू भएकोले आन्दोलन भएको हो,” भनेका थिए। उनले थप प्रश्न पनि उठाए – “एक छिन मन्त्री भएर हुन्छ, काम गर्न कति सजिलो छ र?”
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया