
श्रेणी : मधेस
बीरगन्ज,०९ भदौ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सशस्त्र प्रहरी बलले समुदायलाई लक्षित गर्दै दैनिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
सशस्त्र प्रहरीका एसपी पुरणचन्दका अनुसार, जिल्लाभर रहेका २४ युनिटले प्रतिदिन तीन–तीन समुदायमा पुगेर गतिविधि सञ्चालन गर्ने भएकाले दैनिक ७२ वटा सचेतना कार्यक्रम भइरहेका छन्।
यस अभियानमार्फत नागरिकलाई शान्ति–सुरक्षा, सामाजिक अनुशासन, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, सीमापारि हुने गैरकानुनी गतिविधि नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षा लगायतका विषयमा जानकारी दिइने गरिएको छ।
एसपी पुरणचन्दले निरन्तर सचेतना अभियानले नागरिक र सुरक्षा निकायबीचको आपसी विश्वास थप बलियो बनाउने र समाजमा अपराध न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।


प्रतिक्रिया