वीरगन्ज :

पोखरिया अस्पतालमा विशेषज्ञ सेवाहरू सुरु

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.6kViews
1099 Shares

पोखरिया, ०१ जेठ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ स्थित पोखरिया अस्पतालमा अब नशा तथा हाडजोर्नी, डेन्टल, बाल रोग तथा नर्सिङ्ग सेवा उपलब्ध हुने भएको छ। यससँगै ग्रामीण क्षेत्रका नागरिकहरूलाई वीरगन्ज वा निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यताबाट राहत मिल्ने भएको छ।

अस्पतालको सभा हलमा आयोजित एक समारोहमा नशा तथा हाडजोर्नी विशेषज्ञ डा. अरविन्द साह, डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिङ्ग अधिकृत सवेनाज बेगम र अहेव मधु यादवलाई स्वागत र सम्मान गरिएको छ।

पोखरिया नगरपालिकाका मेयर एवं अस्पताल विकास समिति अध्यक्ष प्रदुमन प्रसाद चौहानले अस्पतालको सेवा विस्तारका लागि आफू रातदिन लागिपरेको उल्लेख गर्दै नयाँ विशेषज्ञ सेवा ग्रामीण जनताको पहुँचमा ल्याएकोमा खुसी व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले गरेका थिए भने प्रमुख अतिथि मेयर चौहान रहेका थिए। स्वास्थ्य शाखाका सहायक प्रमुख शिव पटेल, डा. सुरेश यादव, दिपिका सिंह, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *