वीरगन्ज :

इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी : मुख्यमन्त्री सिंह

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.7kViews
1714 Shares

जनकपुर,०५ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताएका छन्।

नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको जनकपुरधाममा बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उखु, आँप, माछा, धानलगायत कृषि उत्पादनसँगै इँटा उत्पादनमा पनि प्रदेशको योगदान उल्लेखनीय रहेको बताए।

उनका अनुसार मुलुकभर रहेका करिब १,३०० इँटा उद्योगमध्ये ७०० मधेस प्रदेशमा छन्, जसमा हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेका छन्।

इँटा उद्योगीहरूले प्रदेश सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *