वीरगन्ज :

सप्तरीमा छुट्टाछुट्टै घटनामा दुई युवाको पोखरीमा डुबेर मृत्यु

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
3.0kViews
1600 Shares

सप्तरी,०३ भदौ । सप्तरी जिल्लामा छुट्टाछुट्टै घटनामा दुई युवाको पोखरीमा डुबेर ज्यान गएको छ।

खड्क नगरपालिका–६ मा श्रीकृष्ण जन्माष्टमीको अवसरमा मूर्ति सेलाउने क्रममा सोमबार साँझ १८ वर्षीय राजा चौधरीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। डुबेर अचेत भएका चौधरीलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि पुर्याइए पनि बचाउन सकिएको थिएन।

त्यसैगरी, खड्क नगरपालिका–२ सीतापुरका स्थानीय सजनी सदा घोँघी टिप्न गएका बेला रञ्जन चौधरीको निजी पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले बताए। घटना स्थल सदाको घरबाट करिब दुई किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *