वीरगन्ज :

झुम्का कारागारबाट बलात्कारका मुद्दामा दोषी ठहर भएको एक कैदी फरार

श्रेणी : BANNER

6 months
Pradeep Sah
2.9kViews
1297 Shares

सुनसरी,२८ साउन । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएको एक कैदी मंगलबार राति फरार भएका छन्।

फरार हुने व्यक्ति खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रुपक पौडेल खत्री हुन्। जेल प्रशासनका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो र उनले पर्खाल नाघेर भागेका हुन्।

सामूहिक बलात्कार प्रकरणमा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो। उनी गत साउन २१ गते झुम्का कारागारमा प्रवेश गरेका थिए।

घटनापछि कारागार प्रशासनको सुरक्षाप्रति प्रश्न उठेका छन्। यसबारे छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *