वीरगन्ज :

बालिका बलात्कारका फरार अभियुक्त अन्सारी एक वर्षपछि पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.6kViews
1548 Shares

बीरगन्ज,२७ साउन । ९ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका ३६ वर्षीय आस मोहम्मद अन्सारीलाई प्रहरीले एक वर्षपछि नियन्त्रणमा लिएको छ।

पर्साको बीरगन्ज महानगरपालिका–१३, राधेमाई टोलका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा मकवानपुर प्रहरीले घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको हो।

अन्सारीमाथि २०८१ साल बैशाख ८ गते नाबालिकामाथि बलात्कार गरेको आरोप छ। अदालतबाट सजाय तोकिएपछि उनी फरार बनेका थिए।

पक्राउ परेका अन्सारीमाथि मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *