वीरगन्ज :

पर्सामा लागुऔषधसहित एक युवा पक्राउ

श्रेणी : अपराध

12 hours
Pradeep Sah
1.8kViews
1449 Shares

बीरगन्ज,१२ साउन । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सडकखण्डबाट ठूलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति पकहामैनपुर–२ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी चौकी धोरेबाट खटिएको नियमित गस्ती टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका सहनीलाई रोकी जाँच गर्दा उनको साथमा रहेको निलो झोलाभित्र आलु र प्याजबीच लुकाइएका १५०/१५० एम्पुल बुप्रेनोरफिन, डाइजापाम र प्रोमेथाजिन गरी कुल ४५० एम्पुल लागुऔषध फेला पारेको थियो।

सहनीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा राखी लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको छ। साथै, पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *