वीरगन्ज :

मधेशमा शेखर कोइराला पक्षको रणनीतिक भेला सम्पन्न

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.6kViews
1797 Shares

जनकपुर,११ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट नेताहरूको मधेश प्रदेशस्तरीय भेला शनिबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै पार्टीभित्रको बेथिति र गुटबन्दी अन्त्य गर्ने उद्देश्यसहित कोइराला समूहले रणनीतिक छलफल अघि बढाएको हो।

भेलामा सप्तरीदेखि पर्सासम्मका कोइराला पक्षीय नेताहरूको उल्लेख्य सहभागिता थियो। सहभागी नेताहरूका अनुसार पार्टीभित्र देखिएका अनुशासनहीनता, ढिलासुस्ती र गुट विशेषको प्रभाव अन्त्य गर्न अब सशक्त पहल आवश्यक छ भन्ने धारणा बनाइएको छ।

धनुषाका युवा नेता सुरेश कोइरालाका अनुसार शेखर कोइराला समूह अबको प्राथमिकतामा कांग्रेसको महाधिवेशन छ। “निर्धारित समयमै महाधिवेशन सम्पन्न गराउन दबाब सिर्जना गर्दै त्यसका लागि आवश्यक रणनीति बनाउने विषयमा गम्भीर छलफल भएको छ,” उनले बताए।

हालैसम्म देउवा समूहमा रहेका र हाल शेखर पक्षमा खुलेर लागेका प्रदेश सांसद तथा प्रभावशाली नेता रामसरोज यादवको अध्यक्षतामा सम्पन्न उक्त भेलाले संगठन सुदृढीकरणका उपायहरूमा समेत छलफल गरेको थियो।

भेलामा कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, मधेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, बजरंग नेपाली, अजय द्विवेदी, राजेन्द्र अमात्य, श्याम पटेललगायत नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *