
श्रेणी : मधेस
बीरगन्ज,०९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन प्रस्थान गर्दै छन्।
प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ मा निर्माण सम्पन्न भएको विग्ही नदी पुलको उद्घाटन गर्नेछन्। त्यसपछि मटिहानी–६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन गर्दै त्यहाँ आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यसका अतिरिक्त, प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडकखण्डअन्तर्गत रौजास्थित रातु खोला पुलको पनि उद्घाटन गर्ने छन्।
महोत्तरीपछि प्रधानमन्त्री ओली बारातर्फ लाग्नेछन्, जहाँ परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरी अर्को जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार, आजका सबै कार्यक्रमहरू पूर्व निर्धारित तालिकाअनुसार सुरक्षा व्यवस्थासहित सञ्चालन गरिनेछन्।


प्रतिक्रिया