वीरगन्ज :

ओली सरकार जहाँ टेके पनि भ्रष्टाचार, सडक संघर्षको तयारी गरौं : अध्यक्ष प्रचण्ड

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.0kViews
1812 Shares

वीरगन्ज,०१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको गम्भीर आरोप लगाएका छन्। श्रम र उत्पादनमा वाइसीएल अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जहाँ टेके पनि भ्रष्टाचार मात्रै भेटिएको उनको भनाइ थियो। ‘यो सरकार देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको छ,’ प्रचण्डले आक्रोश व्यक्त गर्दै भने।

उनले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै जटिल मोडमा रहेको बताए। प्रचण्डले सरकारको कार्यशैली यही ढङ्गले अघि बढे सडकबाट पनि प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै आफ्ना कार्यकर्ताहरूलाई यस्तो स्थितिका लागि तयारी अवस्थामा रहन निर्देशन दिए। उनले जनतासँगको सम्बन्ध सुदृढ गर्दै श्रम र उत्पादनमा जोडिएर सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्न आवश्यक रहेको औँल्याए।

यस क्रममा अध्यक्ष प्रचण्डले वाइसीएललाई श्रम र उत्पादनसँग जोडिएर प्रतिक्रियावादी र प्रतिगामी षड्यन्त्रको प्रतिवाद गर्न निर्देशन दिए। ‘यो परिवर्तनलाई उल्ट्याउने दुस्साहस भइरहेको छ,’ उनले थपे, ‘सुशासनकाविरुद्ध सरकारबाटै निकै ठुलो षड्यन्त्र भएको देखिएको छ। यसबारे जनतालाई सचेत बनाएर युवाहरूलाई सङ्गठित र परिचालित गर्न आवश्यक छ।’ उनको यो भनाइले सरकारविरुद्ध माओवादी केन्द्रले सशक्त आन्दोलनको तयारी गरिरहेको सङ्केत दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *