वीरगन्ज :

नेपाल टेलिकमको प्रवक्तामा प्रबन्धक रवीन्द्र मानन्धर नियुक्त

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.4kViews
1711 Shares

काठमाडौं,२७ जेठ । नेपाल टेलिकमले प्रबन्धक रवीन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको छ । टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको जनाएको हो ।

कम्पनीसम्बन्धमा कुनै जानकारी लिन परे प्रवक्ता मानन्धरसँग लिन सकिने टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले जानकारी दिए । उनका अनुसार प्रवक्ता नियुक्त मानन्धरको सम्पर्क नम्बर ०१४२१०२०४ (कार्यालय) र ९८५१३७१४१५ (मोबाइल) तथा इमेल ठेगाना nt.spokesperson@ntc.net.np रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *