वीरगन्ज :

८० किलोभन्दा बढी गाँजासहित दुई युवा पक्राउ

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.2kViews
1399 Shares

हेटौंडा,१९ जेठ । मकवानपुरको थाहा नगरपालिका–३, थानाबजारस्थित त्रिभुवन राजपथ सडकखण्डमा प्रहरीले लागू औषध गाँजाको ठूलो परिमाणसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको विशेष टोलीले डाँडाबासतर्फबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ च ४४११ नम्बरको टाटा सुमो गाडी चेकजाँच गर्दा ८० किलो १२० ग्राम गाँजा फेला परेको हो। प्रहरीले गाँजासहित गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङटार नगरपालिका–१० मिरकोट स्थायी घर भई हाल काठमाडौंको कालिमाटीमा डेरा गरी बस्दै आएका २८ वर्षीय मधुसूदन अधिकारी र सिन्धुली दुधौली नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौं डल्लुमा बसोबास गर्दै आएका २५ वर्षीय नवराज खड्का रहेका छन्।

सूचनाका आधारमा सवारी जाँच गर्दा गाडीको भित्री भागमा लुकाई ल्याइएको अवस्थामा गाँजा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले लागू औषध नियन्त्रण ऐनअनुसार मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ। प्रहरीले गाँजाको स्रोत, गन्तव्य र संलग्न अन्य व्यक्तिहरूबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *