
श्रेणी : अपराध
बीरगन्ज,१३ जेठ । काठमाडौंको नागढुंगास्थित प्रहरी चेकप्वाइन्टबाट १२ किलोभन्दा बढी चाँदीसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति बाराको कलैया उपमहानगरपालिका–४ का ३२ वर्षीय अनिषकुमार सिंह हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार सिंह सोमबार राति बीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००३ ख ३७०१ नम्बरको यात्रुबाहक बसमा सवार थिए।
नागढुंगामा नियमित जाँचका क्रममा प्रहरीले उक्त बस रोकेर तलासी गर्दा बसका सहचालक रहेका सिंहले लुकाइराखेको १२ किलो १७६ ग्राम चाँदी बरामद भएको हो।
बरामद गरिएका चाँदीका सामग्रीमा सिक्री, चन्द्रमा, पाउजु लगायतका गहना परेका छन्। सिंहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया