वीरगन्ज :

पूर्वमन्त्री सोनलद्वारा बाराको प्रस्टोकामा विद्यालय भवनको शिलान्यास

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.0kViews
1661 Shares

बारा, १२ जेठ । बाराको प्रसौनी गाउँपालिका–५, प्रस्टोका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवन निर्माणको कार्य औपचारिक रूपमा सुरू भएको छ। मधेस प्रदेशका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सोमबार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक नगनारायण साहका अनुसार मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा भवन निर्माण हुँदैछ। नयाँ कक्षाकोठाले विद्यालयमा बढ्दो विद्यार्थी संख्या व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा पूर्वगाउँपालिका अध्यक्ष भोला गुप्ता, पूर्व उपाध्यक्ष गीता देवी साह, लोसपाका युवा नेता प्रमोद साह, रामजतन सहनी, नवल साह, जय प्रकाश दास, रमेश साह, वीरेन्द्र साह, दिलीप साह, सोनु साह, बृजकिशोर साहलगायत स्थानीय नेताहरुको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *