वीरगन्ज :

विश्रामपुरमा अनियमितता उजागर भएपछि पत्रकारलाई धम्की, नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.9kViews
1507 Shares

बाराको विश्रामपुर गाउँपालिकामा भएको अनियमितता सम्बन्धी समाचार सार्वजनिक भएपछि पत्रकारलाई दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

प्राइम टेलिभिजन, यात्रा डेली डटकम र वीरगञ्ज सिटी डटकममा क्यामेरा पर्सन राजु बैठाद्वारा खिचिएको भिडियो रिपोर्ट सार्वजनिक भएपछि उनीमाथि स्थानीय समूहले गालीगलौज र भौतिक आक्रमणको धम्की दिएको आरोप लागेको हो। विशेषगरी “विश्रामपुर गाउँपालिकामा मिलेमतोमा अनियमितता, एकातर्फ तटबन्धन निर्माण अर्कोतर्फ ५/५ फिट माटो खनेर बिक्री” शीर्षकको रिपोर्टलाई लिएर स्थानीय टइट यादवसहितको समूहले पत्रकार बैठामाथि दुर्व्यवहार गरेको जनाइएको छ।

नेपाल पत्रकार महासंघ, पर्सा शाखाका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रसारित समाचारमा असन्तुष्टि भएमा कानुनी बाटो रोज्न सकिन्छ। तर पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत हो। यस्ता कार्यको महासंघ घोर भर्त्सना गर्दछ।”

महासंघले पत्रकार बैठाको सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई तत्काल पहल गर्न आग्रह गरेको छ। साथै, दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *