वीरगन्ज :

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
3.0kViews
1523 Shares

काठमाडौं,२८ वैशाख । सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका भक्तपुरका सुदिप प्रसाद बनलाई प्रहरीले पक्राउ गरेको छ।

३८ वर्षीय बन चाँगुनारायण नगरपालिका–५, छालिङका बासिन्दा हुन्। जिल्ला अदालत काठमाडौंले २०७६ चैत २ गतेको फैसलामार्फत उनलाई ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

तर, फैसला सुनाएपछि उनी फरार रहेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई छालिङ क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेपछि बनलाई अदालतको फैसलाअनुसार सजाय कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *