वीरगन्ज :

भारतसँगको सीमा नाकामा कडाइ : अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरीको निगरानी कडा

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
1.8kViews
1758 Shares

जनकपुर,२२ वैशाख । भारतसँगको खुला सीमाबाट हुने अवैध आवतजावतलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले देशभरका सीमा नाकामा निगरानी कडा पारेको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सबै सीमा क्षेत्रमा २४ सै घण्टा गस्ती, आवतजावत गर्नेहरूको अभिलेखीकरण, कागजात जाँच र आवश्यक सोधपुछ जस्ता काममा कडाइ गरिएको छ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधिसँग नियमित समन्वय, छलफल र अन्तरक्रिया पनि तीव्र बनाइएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै नियुक्त भएका बाहिनीपतिहरूलाई सीमा क्षेत्रमा थप सतर्कता अपनाउन र योजनाबद्ध रूपमा परिचालन हुन निर्देशन दिएका छन्।

यसैअनुसार झापा (काकडभिट्टा), पर्सा (वीरगंज) र रुपन्देही (बेलहिया) लगायत प्रमुख नाकामा डग स्क्वाड (कुकुर टोली) परिचालन गरिएको छ। साथै, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमाक्षेत्रमा लामो दुरीको गस्ती निरन्तर सञ्चालन भइरहेको छ, जुन सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सञ्चालन हुँदै आएको छ।

भारतीय सुरक्षासँग समेत समन्वय गर्दै, तेस्रो मुलुकका नागरिकको अवैध आवतजावत रोक्ने विषयलाई प्रमुख एजेन्डाको रूपमा उठाइएका बैठकहरू सञ्चालन भएका छन्।

सशस्त्र प्रहरी बलले सरोकारवाला निकायसँग सहकार्य गर्दै अवैध गतिविधिमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउने कार्यलाई पनि प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *