वीरगन्ज :

चितवनमा निकुञ्ज सुरक्षाकर्मीको गोली लागेर जंगली हात्तीको मृत्यु

श्रेणी : पर्यटन

1 year
Pradeep Sah
3.0kViews
1419 Shares

चितवन,२४ माघ । चितवनको सौराहा क्षेत्रमा देखिने मकुना नामक जंगली हात्तीको गोली लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले आत्मरक्षाका क्रममा चलाएको गोली लाग्दा हात्तीको मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ।

निकुञ्जले जारी गरेको विज्ञप्ति अनुसार मकुना हात्ती असोज महिनादेखि सौराहा आसपासका क्षेत्रमा पसेर स्थानीयलाई त्रसित पार्दै आएको थियो। स्थानीय सरोकारवालासँग विभिन्न उपाय अपनाउँदा पनि नियन्त्रण गर्न नसकिएको जनाइएको छ।

बुधबार स्वीप गस्ती टोलीले कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा मकुनालाई अकस्मात फेला पारेको थियो। मकुनाले घरपालुवा हात्तीलाई आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले आत्मरक्षाका लागि हवाई फायर गरेका थिए।

हवाई फायरले समेत नभागेपछि पुनः आक्रमण प्रयास गर्दा थप गोली चलाउनु परेको निकुञ्जले जनाएको छ। पोस्टमार्टमका क्रममा मकुनाको दाहिने घाँटीमा गोली लागेको कारण मृत्यु भएको पुष्टि भएको छ।

निकुञ्जले घटनाबारे थप अनुसन्धान गरिने जानकारी पनि दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *