वीरगन्ज :

बीरगन्जमा मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

श्रेणी : BANNER

11 hours
Pradeep Sah
3.0kViews
1538 Shares

बीरगन्ज,१५ वैशाख । बीरगन्जमा मानव बेचबिखन र लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर बीरगन्ज र आफन्त नेपाल बीरगन्ज पर्साको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

बीरगन्ज महानगरपालिका–१० स्थित हरि खेतान बहुमुखी क्याम्पसका बीबीएस प्रथम वर्षका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब २२० जना सहभागी थिए। कार्यक्रममा मानव बेचबिखन तथा लैङ्गिक हिंसासम्बन्धी नीति, नियम, कानुनी दण्ड–सजाय र जरिवानाबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर बीरगन्जका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमाल, वडा प्रहरी कार्यालय बीरगन्जका प्रहरी निरीक्षक निरोज चौलागाईं, प्रहरी चौकी आदर्शनगरका नायब निरीक्षक प्रदीप कुमार गोलेलगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

त्यस्तै, हरि खेतान क्याम्पसका प्रमुख किशोरी राय यादव, नारायणी अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्सिङ अधिकृत हेमा थापा, आफन्त नेपालका शाखा प्रमुख मनु राणा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य त्रिलोकचन्द्र दारुका, सञ्चारकर्मी सन्तोष रन्जितकार र सुष्मिता यादवलगायत विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा सहभागी थिए।

आयोजकका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूमा मानव बेचबिखन र लैङ्गिक हिंसाका जोखिमबारे सचेतना बढाउने तथा व्यक्तिगत सुरक्षाका उपायबारे ज्ञान फैलाउन कार्यक्रम प्रभावकारी बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *