वीरगन्ज :

कमल उपाध्याय मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त

श्रेणी : मधेस

11 months
Pradeep Sah
1.9kViews
1628 Shares

बीरगन्ज,०७ बैशाख । मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा बाराका पत्रकार कमल उपाध्याय नियुक्त भएका छन् ।मधेस प्रदेश मन्त्रीपरिषद बैठकबाट उपाध्याय अध्यक्षमा नियुक्त भएका हुन्।

उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष एवं प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव समेत हुन्।

मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।उपाध्याय बाराबाट प्रकाशित हुने कृपाा दैनिक पत्रिकाका प्रकाशक पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *