वीरगन्ज :

राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.9kViews
1394 Shares

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू र नेताहरू सिंहदरबारमै विरोध प्रदर्शनमा उत्रिएका छन् ।

राप्रपाका केही नेता तथा कार्यकर्ताले सिंहदरबार बाहिरको सडकमा प्रदर्शन गरिरहेका बेला सांसदहरू भने सिंहदरबारभित्रै विरोधका कार्यक्रममा सहभागी भएका छन् ।

राप्रपा सचिवालयका अनुसार पार्टीका सबै सांसदहरू सिंहदरबारस्थित संसदीय कार्यालयमा भेला भएका छन्। “सांसदज्यूहरू सिंहदरबारमै प्रदर्शन गर्ने तालिका अनुसार भेला हुनुभएको हो,” सचिवालयका एक सदस्यले जानकारी दिए ।

अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरू प्रदर्शनका लागि सिंहदरबारभित्र प्रवेश गरिसकेका छन्। यसअघि बिजुलीबजार पुल क्षेत्रमा वर्तमान व्यवस्था विरुद्ध प्रदर्शन गरिरहेका नेताहरू पनि सिंहदरबार छिरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *