वीरगन्ज :

पर्साको जिराभवानीबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

श्रेणी : अपराध

8 hours
Pradeep Sah
3.0kViews
1682 Shares

वीरगन्ज,०६ बैशाख । प्रतिबन्धित लागु औषध ओसारपसारमा संलग्न दुइजनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जिराभवानी गाउँपालिका वडा नम्बर- ५ नैना टोलस्थित सडकखण्डमा शंकास्पद रुपमा हिँडिरहेका दुई जनालाई प्रहरीले प्रतिबन्धित लागु औषधसहित फेला पारेको हो ।

पक्राउ पर्नेहरुमा जिराभवानी गाउँपालिका–५ निवासी दिलीप प्रसाद र राजकिशोर प्रसाद खाँध थारु रहेका छन । प्रहरी टोलीले जाँच गर्दा उनीहरूबाट नाइट्राजेपाम ८८६ ट्याब्लेट लागु औषध बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ठोरीको संयुक्त टोलीले लागु औषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। चामलको बोरामा लुकाइ लैजादै गरेको अवस्थामा लागु औषध बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरूलाई लागु औषध सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्साबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *