वीरगन्ज :

निजगढमा सरकार–मिटरब्याजपीडितबीच पहिलो चरणको वार्ता सम्पन्न, दोस्रो चरणको संवादका लागि गृहकार्य सुरु

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.9kViews
1129 Shares

निजगढ (बारा), ३० असार । मिटरब्याजविरुद्ध जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौंतर्फ अघि बढिरहेका आन्दोलनरत पीडित र सरकारबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ। वार्ताका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं बाराको निजगढ पुगेका हुन्।

निजगढ उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा आन्दोलनरत पक्षले अघि सारेका ६ बुँदे मागमाथि प्रारम्भिक रूपमा संवाद भएको पैदल यात्रामा सहभागीहरूले जानकारी दिएका छन्।

वार्तापछि दुवै पक्षले दोस्रो चरणको छलफललाई परिणाममुखी बनाउन आवश्यक आन्तरिक तयारी सुरु गरेका छन्। आन्दोलनरत पक्षले आफ्ना मागमा थप रणनीति तय गरिरहेको बेला सरकारले पनि मागबारे आवश्यक गृहकार्य अघि बढाएको बताइएको छ।

गृहमन्त्री गुरुङले आन्दोलनकारीले प्रस्तुत गरेका मागका विषयमा प्रधानमन्त्रीसँग परामर्श गरी त्यसपछि थप निर्णय र छलफलको प्रक्रिया अगाडि बढाइने बताएका छन्।

सरकार र आन्दोलनरत पक्षबीचको संवाद जारी रहेकाले आगामी चरणको वार्ताबाट मागहरूको सम्बोधनतर्फ ठोस प्रगति हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *