वीरगन्ज :

पर्साका सिडिओको आग्रह: सामाजिक सद्भाव बिग्रिने पोस्ट नगर्नुहोस्

श्रेणी : BANNER

3 months
Pradeep Sah
2.0kViews
1526 Shares

बीरगन्ज,०३ वैशाख । सामाजिक सद्भावमा असर पार्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा नहाल्न जिल्ला प्रशासन कार्यालय, पर्साले अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले मंगलबार एक सूचना जारी गर्दै भ्रामक र उत्तेजनात्मक सामग्री नपोस्ट गर्न, नशेयर गर्न र त्यस्ता कुरामा प्रतिक्रिया नदिन सबैलाई सचेत गराएका छन्।

उनका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालमा यस्ता सामग्री देखिएका छन् जसले समाजमा द्वेष फैलाउने, जनभावनामा आघात पुर्‍याउने र वीरगञ्जको शान्तिपूर्ण वातावरणमा नकारात्मक असर गर्ने खतरा बढाएको छ।

सिडिओ अर्यालले विशेष गरी पुराना घटनालाई तोडमोड गरेर नयाँ सन्दर्भमा प्रस्तुत गरिएको र वीरगञ्जसँग असम्बन्धित कुराहरू समेत प्रसारित भइरहेको भन्दै गम्भीर चासो व्यक्त गरे।

उनले प्रचलित कानुनअनुसार सामाजिक सद्भावमा खलल पुग्ने खालका पोस्ट, सेयर, लाइक वा कमेन्ट गर्नेलाई कानुनी कारबाही हुने चेतावनी पनि दिएका छन्।

“सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गरौं, सद्भाव र शान्तिका लागि सहकार्य गरौं,” सिडिओ अर्यालको आग्रह छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *