वीरगन्ज :

रौतहटमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

श्रेणी : मधेस

1 year
Pradeep Sah
3.0kViews
1541 Shares

रौतहट,२७ चैत । रौतहटको वृन्दावन नगरपालिका–१ स्थित आसन घाटमा नुहाउने क्रममा मंगलबार एक युवकको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृत्यु हुने युवक १८ वर्षीय अर्जुन प्रजा हुन्, जो सोही वडाको बल्लेरी टोलका बासिन्दा थिए।

मृतकका दाजु सुदिप प्रजाले अर्जुन नुहाउने क्रममा गहिराइमा पुगेपछि डुबेको जानकारी दिएका छन्। “नुहाउन गएका बेला एक्कासि गहिरो खाल्डोमा परेर डुबेका हुन्,” उनले दुःखी स्वरमा भने।

घटनास्थल आसपास रहेको नदी क्षेत्रमा गिट्टी बालुवा उत्खननको काम मापदण्डविपरीत हुँदै आएको भन्दै पूर्व नगर प्रमुख राम स्नेही यादवले चासो व्यक्त गरेका छन्। “नगरपालिकाले मापदण्ड नअपनाई ८ देखि १० फिटसम्म खाल्डो खन्दा यस्तो जोखिमपूर्ण अवस्था सिर्जना भएको हो,” यादवले बताए।

स्थानिय सुबोध पटेलले ठेक्का पाएका कम्पनीहरूको लापरवाहीले अर्जुनको ज्यान गएको भन्दै ती कम्पनीलाई कारबाहीको माग गरे। “मापदण्ड पालना नगरी उत्खनन गर्दा हरेक वर्ष यसरी ज्यान जान्छ, अब यस्ता लापरवाह ठेकेदारलाई दण्डित गर्नुपर्छ,” पटेलले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *