वीरगन्ज :

राजविराजमा लामखुट्टे आतंक, करोडौंको विषादी गोदाममै थन्कियो

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.5kViews
1249 Shares

जनकपुर, २७ चेत्र । गर्मी सुरु भएसँगै सप्तरीको राजविराजमा लामखुट्टेको प्रकोप बढ्दै गएको छ, तर नगरपालिकाले गत वर्ष खरिद गरिएको लामखुट्टे मार्ने विषादी र छर्कने मेसिन अहिलेसम्म प्रयोगमा ल्याएको छैन। सरसफाइको अभाव र खुला नालाका कारण समस्या झन गम्भीर बन्दै गएको छ।

नगरपालिकाको २०८०/८१ को योजनाअन्तर्गत २५ लाख रुपैयाँ विनियोजन गरी विषादी र थर्मल फोगर मेसिन खरिद गरिएको थियो। न्यू खान अटोमोबाइल्स एण्ड इलेक्ट्रोनिक्ससँग सम्झौता गरी दुई थान भेइकल माउन्टेड र दुई थान सोल्डर माउन्टेड थर्मल फोगर मेसिनका साथै डेल्टामेथ्रिन १२५ प्रतिशत युएलभी झोल विषादी स्टोरमा राखिएको छ। यद्यपि नगरपालिकाले अझैसम्म यो विषादी छर्कन मिल्ने हो वा होइन भन्ने अन्योलमा स्वास्थ्य कार्यालयसँग सल्लाह लिइरहेको छ।

कार्यवाहक नगरप्रमुख ईसरत परविण र प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहले प्रयोगबारे यकिन नगरी खरिद गर्नु गल्ती भएको स्वीकार गरेका छन्। अर्कोतर्फ, स्वास्थ्य शाखाले भने खरिद प्रक्रियामा कुनै संलग्नता नभएको भन्दै सबै सामग्री मूल स्टोरमा थन्किएको जानकारी दिएको छ। लामखुट्टेको समस्या तीव्र हुँदै गइरहे पनि नगरपालिकाले प्रयोगबारे स्पष्ट निर्णय लिन नसक्दा जनस्वास्थ्यमा गम्भीर संकट सिर्जना हुने खतरा बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *