वीरगन्ज :

पत्रकार सुरेश रजकको हत्या विरुद्ध माइतीघरमा प्रदर्शन

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
3.0kViews
1080 Shares

काठमाडौं,१६ चैत । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको विरोधमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी पत्रकार तथा अधिकारकर्मीहरूले न्यायको माग गरेका छन्।

पत्रकार महासंघका अनुसार शुक्रबार तीनकुनेस्थित एक घरमा लागेको आगलागीमा परेर पत्रकार रजकको मृत्यु भएको थियो। उक्त आगलागी राजावादी समर्थकहरूले गराएको आरोप लागेको छ। महासंघले दोषीलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ।

प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘सुरेश रजकका हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता सुनिश्चित गर’, ‘पत्रकारमाथि हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। महासंघले सरकारले पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने र प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *