वीरगन्ज :

बारामा एसईईमा ह्वाट्सएपमार्फत चिट चोराउने दुई निरीक्षक पक्राउ

श्रेणी : अपराध

4 months
Pradeep Sah
2.4kViews
1475 Shares

बीरगन्ज,०८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ह्वाट्सएपमार्फत चिट चोर्ने प्रयासमा संलग्न दुई निरीक्षकलाई बारा प्रशासनले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पन्नादेवी कन्या उमावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभ यादव रहेका छन्।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार, प्रशासनले परीक्षा केन्द्रहरूको अनुगमन कडा पार्दै गर्दा पन्नादेवी कन्या उमावि सेन्टरमा शंका जनक गतिविधि देखिएको थियो। सूचना प्राप्त भएपछि केन्द्रमा निगरानी बढाइयो, र त्यस क्रममा ह्वाट्सएपमा प्रश्नपत्रको फोटो पठाएर उत्तर प्राप्त गरी परीक्षार्थीलाई चिट चोराउन मद्दत गर्ने गतिविधि पत्ता लगाइयो।

प्रजिअ अधिकारीका अनुसार, आरोपी निरीक्षक रञ्जु कुमारी र गार्ड सौरभ यादव ‘साथी’ नामक ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको फोटो खिचेर राख्ने र उत्तर प्राप्त गरेपछि परीक्षार्थीलाई उपलब्ध गराउने गर्दथे।

यस घटनाको अनुसन्धान जारी राखिएको छ र प्रशासनले अन्य परीक्षा केन्द्रहरूमा पनि निगरानी कडा बनाएको छ। प्रमुख जिल्ला अधिकारीले भने, “एसईईको परीक्षा केन्द्रहरूमा यस्ता घटनाहरू देशभरको विभिन्न स्थानमा हुनसक्ने सम्भावना रहेकोले सर्तक रहन आवश्यक छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *