वीरगन्ज :

सरकारको आडमा कर्मचारीलाई रोकेर कामकाज ठप्प नगर्न सांसद शाहीकाे चेतावनी

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.3kViews
1937 Shares

काठमाडौँ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौं महानगरपालिका सहित देशभरका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको भन्दै सरकारसँग तत्काल कर्मचारी पठाउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि जनताको हितविपरीत काम गरेको आरोप लगाए। उनले प्रमुख प्रशासकीय अधिकृत नहुँदा धेरै पालिकामा काम ठप्प भएको दाबी गरे ।

विशेष समयमा आफ्नो धारणा राख्दै उनले भने, ‘गाउँगाउँमा सिंह गयो, दरबार गएन। ओली सरकारबाट जनताको कहिल्यै भलो भएन ।’

उनका अनुसार, हाल काठमाडौं महानगरपालिकासहित धेरै स्थानीय तहमा प्रशासनिक कामकाज ठप्प छ, शिक्षक तथा कर्मचारीहरूले तलबसमेत पाउन सकेका छैनन्। ‘काठमाडौं महानगरपालिकामा सरसफाइ गर्ने कर्मचारीहरूले समेत तलब पाएका छैनन्, यस्तो अवस्थामा सरकारलाई पाल लाग्ला,’ उनले सरकारप्रति कटाक्ष गर्दै भने ।

सांसद शाहीले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहको कामकाज ठप्प नगर्न चेतावनी पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *