वीरगन्ज :

वीरगन्जमा २ लाख १४ हजार बराबरको खजुर र चकलेटसहित म्याजिक भ्यान नियन्त्रणमा

श्रेणी : अर्थ

6 months
Pradeep Sah
2.1kViews
1953 Shares

वीरगन्ज,३० माघ । सशस्त्र प्रहरीले वीरगन्ज १५ भिस्वाबाट दुईलाख १४ हजार पाँचसय साठी मूल्य बराबरको खजुर बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा टोल स्थित राम नरेश साह तेलीको घरमा कोठा भाडामा लिएर बसेका विकाश पटेलले कोठा भित्र बा.प्र.०३–००१ च ३१२३ नम्वरको म्याजिक भ्यानमा लुकाएर राखेको खजुर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ।

भारतबाट भन्सार छली लुकाएर ल्याएको म्याजिक भ्यान सहित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *