वीरगन्ज :

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
2.6kViews
1361 Shares

काठमाडौं,२९ माघ । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएको निर्णयप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले बैठक अवरोध गरेका थिए। रास्वपा सांसद गणेश पराजुलीले आकस्मिक र शून्य समय सकिएपछि कस्तो प्रक्रियामा खतिवडालाई बोल्ने अवसर दिइएको हो भन्ने प्रश्न उठाए। उनले खतिवडाले भनेको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पनि बताएका छन्।

उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएको कारणले खतिवडालाई बोल्न अनुमति दिएको स्पष्टिकरण दिइन्, तर माओवादी र रास्वपा सांसदहरूले विरोध जारी राखे।

अन्ततः सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *