
श्रेणी : अपराध
1.8kViews
1547
Shares
सिराहा, २६ माघ । सिराहा प्रहरीले जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा नेपाल विद्युत प्राधिकरण सिराहा शाखामा कार्यरत ३१ वर्षीय विश्वराज राईलाई पक्राउ गरेको छ ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ निवासी राईलाई सिराहा नगरपालिका-७ हेमनारायण चौकबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार काठमाडौँ जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
जाहेरी परेपछि फरार रहेका राईलाई थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर ब्युरोमा पठाइएको डीएसपी पासवानले जानकारी दिएका छन् ।

प्रतिक्रिया