श्रेणी : अन्तर्राष्ट्रिय
नयाँ दिल्ली,१७ माघ । प्रयागराज महाकुम्भ मेलाका क्रममा भाइरल हुन पुगेकी मोनालिसाले बलिउड फिल्ममा काम गर्ने अवसर पाउने भएकी छन् । मोनालिसा आँखाका कारण चर्चित बनेकी थिइन् ।
माला बेचेर जीवन गुजारा गर्ने मोनालिसाले ‘डायरी अफ मणिपुर’ फिल्मका लागि साइन गरेकी छिन् । मणिपुरमा भएको भयानक घटनामा बन्न लागेको यो फिल्ममा मोनालिसा महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । जुन फिल्मको निर्देशक सनोज मिश्रा छन् ।
निर्देशक मिश्राले मध्य प्रदेशको खरगोन जिल्ला स्थित महेश्वरमा मोनालिसाको घर गएर उनलाई आफ्ना आगामी फिल्मका लागि काष्ट गरेको बताइएको छ । यी दुबैको फोटो पनि बाहिरिएको छ ।
मोलानिसाले यो फिल्ममा काम गर्न मानेको बताइएको छ । सामाजिक सञ्जालमा एउटा मिश्राको एउटा भिडियो आएको छ । आफूले मोनालिसाको परिवारलाई भेटेको उनले बताएका छन् ।
फिल्ममा आफूले मोनालिसालाई राम्रोसँग प्रस्तुत गर्ने पनि उनले बताए । अहिलेसम्म मोनालिसाको भूमिकाबारे जानकारी दिइएको छैन । तर उनले सेनाका अधिकारीको छोरीको भूमिका निर्वाह गर्न सक्ने बताइएको छ ।
फिल्म अक्टोबरमा रिलिज हुन सक्नेछ मोनालिसाले मार्च या अप्रिलदेखि फिल्मको सुटिङ सुरु गर्ने भनिएको छ ।
प्रतिक्रिया