वीरगन्ज :

‘डिजिटल प्लेटफर्म’को प्रभावकारी प्रयोगका लागि रास्वपाले सांसदलाई अभिमुखीकरण दिँदै

श्रेणी : BANNER

57 minutes
Pradeep Sah
1.8kViews
1504 Shares

काठमाडौं, १९ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदका गतिविधि व्यवस्थित रूपमा अभिलेखीकरण गर्न तथा निर्वाचन क्षेत्रका नागरिकका गुनासा र भेटघाट व्यवस्थापनलाई सहज बनाउन ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

पार्टीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजनाअन्तर्गत यो प्लेटफर्म विकास गरिएको रास्वपाले जनाएको छ। यसै प्रणालीको प्रयोग र साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार बिहान सिंहदरबारस्थित पार्टी कार्यालयमा प्रतिनिधिसभा सदस्यहरूको बैठक आयोजना गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार अब संसद् बैठक सम्पन्न भएपछि प्रत्येक सांसदले आफ्ना गतिविधिको विवरण अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। सांसदहरूबीच भेटघाटका लागि समय निर्धारण गर्ने, संसद्मा उठाइने विषयवस्तु प्रणालीमै प्रविष्ट गर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, जनभेटघाट र अन्य कार्यक्रमहरूको विवरणसमेत ‘पल्स आरएसपी’मार्फत अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाले यस प्रणालीमार्फत सांसदहरूको कार्यसम्पादनलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *