वीरगन्ज :

नेपाली स्वास्थ्य बीमा रकम ५ लाख पुर्‍याउने तयारी

श्रेणी : अर्थ

2 years
Pradeep Sah
2.4kViews
1064 Shares

काठमाडौं,१६ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरेका छन् ।

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेख भएका विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले आग्रह गरेका थिए।उक्त समितिले तयार पारेको कार्ययोजना सहितको प्रतिवेदन प्राप्त भएपछि बुधबार मन्त्री पौडेलले प्रधानमन्त्री ओलीलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै ५ लाख पु¥याउने गरी तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमापनि ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ ।

मन्त्रिपरिषद्बाट निर्णय भएमा संसद्को अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संसोधनको प्रक्रिया अघि बढाउने स्वास्थ्यमन्त्री पौडेलको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *